नेभिगेशन
अन्य

संविधानसभामा संवाद समितिको प्रतिवेदनमाथि आजबाट छलफल

काठमाडौँ । संविधानसभामा आजबाट सवैधानिक– राजनीतिक सम्वाद तथा सहमति समितिले पठाएको संविधानका विवादित विषयमा अत्याधिक सहमतिसहितको प्रतिवेदनमा छलफल सुरु हुँदैछ । संविधानसभाको हिजोको बैठकमा समितिका सभापति डा बाबुराम भट्टराईले उक्त प्रतिवेदन पेस गरेका थिए । बैठकमा समितिका सभापति डा बाबुराम भट्टराईले उक्त प्रतिवेदन पेस गर्नुभएको हो । संविधान लेखनलाई द्रुतगतिमा अघि बढाउन प्रमुख राजनीतिक दलहरुबीच राज्यपुनःसंरचना, शासकीयस्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीलगायत विवादित विषयमा यही जेठ २५ गते सहमति भएपछि संविधान निर्माणको बाटो खुलेको हो । बैठकलाई सम्बोधन गर्दै सभापति भट्टराईले संविधानसभामार्फत संविधान प्राप्त गर्ने जनताको चाहना बल्ल पुरा भएको बताए । उनले भने–‘ अब संविधान जारी हुने बाटो खुला भयो, यसले देशलाई स्थायित्व प्रदान गर्दै आर्थिक समृद्धिको बाटो खुला गरेको छ । ’ दलहरुबीच भएको सहमति सम्झौताका रुपमा आएको चर्चा गर्दै उहाँले त्यसबाट दलहरुलाई केही गुमेजस्तो र केही पाएजस्तो लाग्नु स्वाभाविक भएको बताए । ‘यो सहमतिबाट म व्यक्तिगत रुपमा सन्तुष्टि छैन तर बहुदलीय प्रतिष्पर्धाको राजनीतिमा सन्तुष्टि लिनै पर्छ’ उनले भने । सभापति भट्टराईले देशले अहिले राष्ट्रिय एकता खोजेको छ , संविधान निर्माणका लागि समितिमा भएको सहमतिले यही कुरालाई सङ्केत गरेको बताए । संविधानसभाको बैठक आज अपराह्न ३ बजे बस्नेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै