नेभिगेशन
अन्य

पत्नी पोइल गएको झोकमा झुन्डिएर आत्महत्या

गौशाला । पत्नी पोइल गएको झोकमा महोत्तरीको गौशाला नगरपालिकामा एक युवकले गएराति झुन्डिएर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा गौशाला नगरपालिका–५ रजखोर बस्ने एकबहादुर आले मगरका छोरा ३२ वर्षीय लालबाबु आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । केही दिनअघि पत्नी पोइल गएदेखि निक्कै तनावमा रहँदै आएका लालबाबु गएराति १० बजे आफ्नै घरको बाहिरी बलोमा गम्छाको पासो लगाई झुन्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । आलेको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...