नेभिगेशन
अन्य

ताप्लेजुङको पहिरोमा १२ जनाको मृत्यु, दर्जनौं घर बगे

ताप्लेजुङ । गएरातीदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङको पश्चिमी क्षेत्रका ६ गाविसमा गएको पहिरोमा परी हालसम्म १२ जनाको मृत्यु भएको छ भने दर्जनौं घर बगाएको छ । अहिले सम्म ८ जना गम्भीर घाइते भएका छन् । स्थानिय पत्रकार धर्म पौडेलका अनुसार थिम्लाबु गाविसको याकफेदीमा पाँच जनाको शव भेटिएको छ । सो ठाउँमा भेटिएको शव कसको हो भन्ने पुष्टि भएको छैन । पहिरोले खोप्लिन गाविसको वडा ७ धुसेनीमा एक घर बगाउँदा २ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ११ वर्षीय सविन मादेन र ८ वर्षीय वसन्त बिक छन् । त्यसैगरी लिङ्तेक गाविसमा १ जनाको मृत्यु भएको छ । सो गाविसका आइतबादुर लिम्बुकी छोरी चमेली भनिनेको मृत्यु भएको छ । सान्थाक्रा गाविस ३ मा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमरबहादुर लिबाङ र उनका नाम नखुलेका नाति छन् । यसैगरी लिन्तेन गाविसमा वडा नम्बर ३ बस्ने ३१ वर्षीय मनमाया लिम्बूको मृत्यु भएको छ । पहिरोले दर्जनौं घर बगाएकाले हाताहती हुनेको संख्या अझै बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ । घाइतेलाई खोलाखोल्सी बढेको र पहिरो झर्ने क्रम जारी रहेकोले थप उपचारका लागि सदरमुकाम ल्याउन सकिएको छैन । हेलिकोप्टर ल्याउने प्रयास भइरहेको निमित्त प्रमुख जिल्ला अधकिारी सुरेन्द्र भट्टाराईले जानकारी दिए । डिएसपी शान्तिराज कोइरालाका अनुसार प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरे पनि पहिरोले गर्दा बाटोमै छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै