नेभिगेशन
अन्य

उपसमितिले थप समय मागेपछि संवाद समितिको बैठक आज

काठमाडौँ । हिजो साँझ संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको बैठक आज बिहान १० बजे बस्नेगरी स्थगन भएको छ । समितिको हिजो बैठकमा संविधान लेखनलाई सजिलो तुल्याउन सहमतिको प्रस्ताव निर्माण गर्न गठन भएको उपसमितिले दिनभर गरेको कामको प्रगति विवरण सुनाएको थियो । उपसमितिले आफूलाई दिएको जिम्मेवारीलाई पूरा गर्न थप केही समयको माग गरेपछि समितिको बैठक आज १० बजेसम्मका लागि स्थगन भएको हो । समितिको हिजो बिहानको बैठकले पूर्णबहादुर खड्काको अध्यक्षतामा ६ सदस्यीय उपसमिति गठन गरेको थियो । दलबीच भएको १६ बुँदे सहमतिको मूलभावनालाई समेटेर संविधान लेखनलाई तीव्र तुल्याउन सहमतिको प्रस्ताव निर्माण गर्ने जिम्मेवारी दिइएको थियो । समितिको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सभापति डा बाबुराम भटटराईले धेरै नै विषयवस्तु भएकाले उपसमितिले केही विषयवस्तु टुङग्याउन बाँकी रहेको प्रतिवेदन दिएको हुँदा बैठक भोलिका लागि स्थगित गरिएको जानकारी दिए । राजनीतिक संवाद समितिले दिएको एक र संविधान निक्र्यौल समितिले दिएको सात वटा प्रतिवेदनको उपसमितिले अध्ययन गरेर सहमतिको प्रस्ताव निर्माण गर्ने छ । उपसमितिले अधिकांश विषयमा सहमतिका आधारमा प्रस्ताव तयार गरेपनि नागरिकतालगायत केही विषयमा दलका शीर्ष नेताको धारणा माग गरेको बुझिएको छ । निक्र्यौल समितिले दिएको सातवटा प्रतिवेदनमध्ये चारवटा प्रतिवेदनमा आंशिक रुपमा मात्र दलबीचमा सहमति भएको थियो भने बाँकी रहेको तीन वटा प्रतिवेदनमा पूर्णरुपमा सहमति खोज्नु पर्ने काम बाँकी नै छ । संवाद समितिको आज बस्ने बैठकले चार दलबीच भएको सहमतिका आधारमा सहमतिको प्रतिवेदन संविधानसभामा पठाउने छ । उपसमितिले त्यसका लागि आज राति अबेरसम्म बसेर सहमतिको प्रस्ताव तयार गर्ने बुझिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै