नेभिगेशन
अन्य

दाता सम्मेलनमा मोदीलाई निम्तो दिन अर्थमन्त्री डा महत भारत प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा रामशरण महत भारतको तीनदिने भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतका वित्तमन्त्री अरुण जेट्लीको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा घोषणा भएको सहयोग रकमको उपयोग तथा कार्यान्वयनका सम्बन्धमा दुई पक्षबीच छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ । सो अवसरमा नेपालीको बैंक खाता सञ्चालन, भारु ५०० तथा १००० का नोटसम्बन्धी विषय, भारतमा नेपाली उत्पादनले व्यहोर्दै आएको समीकारक महसुल नेपालमा भारतको लगानी तथा दुई पक्षीय व्यापार विस्तारका बारेमा छलफल हुनेछ । अर्थमन्त्री तथा नेपाली प्रतिनिधिमण्डलका नेता डा महतले भोलि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटी भूकम्पपछिको नेपाल सहायता सम्मेलनका लागि प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट निमन्त्रणा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । सहायता सम्मेलन आगामी असार १० गते काठमाडौँमा आयोजना हुने तय भइसकेको छ । अर्थमन्त्री डा महत उक्त सहायता सम्मेलनको संयोजक पनि हुन् । अर्थमन्त्री डा महतको नेतृत्वमा भारत भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका उपसचिव युगराज पाण्डे सहभागी छन् । उनीहरु शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै