नेभिगेशन
अन्य

आजपनि संवाद समितिको बैठक बस्दै

काठमाडौँ । मुख्य राजनीतिक दलहरुका बीचमा १६ बुँदे सहमति भएपछि संविधानका विवादीत विषयमा सहमति गर्ने जिम्मा पाएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक आजपनि बस्दै छ । संविधानसभाले समितिलाई भोली सहमति सवै विषयमा सहमति गरेर संविधानसभामा प्रतिवेदन बुझाउनका लागि समय दिएको छ । संविधानका विवादीत बिषयमा सहमति जुटाउने जिम्मा पाएको समितिले हिजोबाटै काम अगाडि बढाएको छ । हिजोको बैठकले संविधानका विवादित विषयमा पर्याप्त सहमति जुटाएर एकीकृत प्रतिवेदन तयार पार्ने निर्णय गरेको थियो । आज बिहान ११ वजेपछि सिंहदरवारमा बस्ने बैठकले १६ बुँदे सहमतिका आधारमा सहमति जुटाउने र सो सहमतिमा असहमत रहेका दल तथा सभासद्का धारणालाई पनि सो प्रतिवेदनमा समावेश गरेर पठाइने समितिका सभापति डा बाबुराम भट्टराईले बताए । दलहरूबीच सोमबार भएको सहमतिलाई समितिले एकीकृत प्रतिवेदन बनाएर संविधानसभाको बैठकमा पेस गर्ने उनले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै