नेभिगेशन
अन्य

१६ बूँंदे सहमतिपछि मधेशी दल तिन ध्रुवमा

काठमाडौं । प्रमुख चार दलवीच सोमवार राती भएको १६ बुँंदे सहमति भएपछि मधेशी दलहरु तीन ध्रुवमा बाँडिएका छन् । मधेशी दल मध्येको सबैभन्दा ठूलो दल फोरम लोकतान्त्रिक चार दलको एउटा पक्षको रुपमा १६ बुँंदे सहमतिको संवाहक बनेको छ । सो दलले यो सहमतिलाई राष्ट्रिय अपरिहार्य कदमका रुपमा लिएको छ । सहमति निर्माणमै फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदारको महत्वपूर्ण भूमिका निर्वाह गरे । अन्य मधेशी तीन प्रमुख दलहरु उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल,महन्त ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले १६ बुँंदेको सशक्त विरोध उभिएका छन् । उनीहरु ३० दलीय मोर्चाबाट मात्र होइन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट समेत आफूहरुलाई अलग पारेका छन् । मोर्चामा रहेका सात दलमध्ये यी तिन दलले अब भिन्नै मोर्चाबन्दीको तयारी थालेका छन् । तमलोपाका अध्यक्ष महन्त ठाकुरले १६ बुँंदेका विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिइसकेको छन् । यसैगरि मधेशी मोर्चा आवद्ध फोरम गणतान्त्रिक,तराई मधेश सद्भावना पार्टी,राष्ट्रिय मधेश समाजवादी पार्टीले १६ बुँंदेको स्वागत पनि गरेका छैनन,विरोध पनि गरेका छैनन । उनीहरु चार दलको भूमिका हेरेर आफ्नो रणनीति तय गर्ने पक्षमा छन् । उनीहरु १६ बुँंदे सहमति गर्दा बालुवाटार नगए पनि यसको पक्षमा उभिने संकेत दिएको बताइएको छ । आगामी दिनमा आफूहरुको अस्तित्व देखिने गरी चार दलले स्थान दिए,संविधान निर्माणमा भएको १६ बुँंदे सहमति कार्यान्वयनको पक्षमा उभिने बचन दिएको कांग्रेसका एक नेताले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै