नेभिगेशन
अन्य

व्यवस्थित निर्माणमा जुट्न राष्ट्रपतिको आग्रह

गोरखाबजार । राष्ट्रपति डा रामवरण यादवले एकताबद्ध भएर मुलुकको पुनःनिर्माणमा जुट्न सबैसँग आग्रह गरेका छन् । हालैका भूकम्पले गाउँ र बस्ती ध्वस्त बनाएको उल्लेख गर्दै उहाँले अब व्यवस्थित रुपमा नवनिर्माणलाई अघि बढाउन सबैको सहयोग अपरिहार्य रहेको बताए । ‘एकताबद्ध भएर मिलेर अघि बढौँ, व्यवस्थित निर्माणमा जुटौँ,’ भूकम्पले पु¥याएको क्षति अवलोकन गर्न आज गोरखा सदरमुकाम आएका राष्ट्रपति यादवले भने । ‘अब सबैले भूगोल र माटो अध्ययन गरेर घर बनाउनुपर्छ ।’ उनले भुकम्पजस्तो प्राकृतिक प्रकोप आइराख्ने भएकाले व्यवस्थित बस्ती बसालेर अघि बढ्नुपर्ने बताए । उनले भने– ‘ संविधान निर्माणको बाटो खुलेको छ । अब छिट्टै संविधान निर्माण हुन्छ र देश विकासको पथमा लम्कने छ ।’ मनसुनअगावै अस्थायी प्रकृतिको ओत लाग्ने टहरो निर्माण गर्नुपर्ने सुझाव राष्ट्रपति यादवको छ । भूकम्प प्रतिरोधात्मक घर बनाउनुपर्नेमा उनको जोड थियो । भूकम्पलाई भूत र प्रेतसँग तुलना गर्दै राष्ट्रपति यादवले भने – ‘भूकम्प भूत होइन प्रेत हो । भूत लाग्यो भने धामीझाँक्री लगाएर भगाउन त सकिएला । तर प्रेतलाई झाँक्रीले भगाउन सक्दैन ।’भूकम्पले व्यवस्थित बस्ती विकास गर भन्दै ‘ढोका ढक्ढक्याउने’ काम गरेको राष्ट्रपति यादवको भनाइ थियो । हेलिकप्टरबाट बिहान गोरखा सदरमुकाम आएका राष्ट्रपति यादव भैरवी दल गणभित्र आयोजित कार्यक्रममा सरिक भएका थिए । भूकम्पपछिको उद्धार, राहत वितरण र त्यसमा देखिएका चुनौतीबारे गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले राष्ट्रपति यादवलाई जानकारी गराएका थिए । राष्ट्रपति यादवसँगै अर्थमन्त्री डा रामशरण महत, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेकपा संयुक्तका नेता चन्द्रदेव जोशी पनि सहभागि छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै