नेभिगेशन
अन्य

एमाओवादी नेतृत्वको मोर्चामा बिभाजन आएपछि २८ दल संगठित हुँदै

काठमाडों । ३० दलीय मोर्चाको असहमतिका बाबजुद एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले कांग्रेस–एमालेसँग सम्झौता गरेको भन्दै विपक्षी २८ दलले आगामी रणनीति तय गर्नका लागि छलफलमा जुट्ने भएका छन् । एमाओवादी नेतृत्वको मोर्चामा रहेका एमाओवादी र फोरम लोकतान्त्रिक बाहेक २८ दलको बैठक मंगलबार सिंहदरबारमा बोलाइएको छ । बैठकले आगामी रणनीति तयार गर्ने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए । ‘बीचमा असमझदारी बनेपछि मोर्चाबाट निर्णय गरेर बैठकमा प्रतिनिधि पठाउने कुरा भएको थियो । सोमबारको बैठकमा मोर्चाको तर्फबाट प्रतिनिधि गएका छैनन’ कर्णले भने ‘प्रचण्डले एमाओवादीका अध्यक्षको हैसियतमा र गच्छदारले फोरम लोकतान्त्रिकका अध्यक्षको हैसियतमा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन । त्यो हामीहरुलाई मान्य छैन । त्यस्तो सहमति हामी अस्वीकार गर्छौ ।’तराई मधेस लोकतान्त्रिक पार्टीको संसदीय दलको कार्यालय सिंहरदबारमा बिहान ११ बजेपछि बस्ने २८ दलको बैठकमा २८ दलीय मोर्चा बनाउने विषयमा छलफल हुने नेताहरुले बताएका छन । उच्च स्रोतका अनुसार अब २८ दलीय मोर्चाको नेतृत्व तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकूरले गर्नेछन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...