नेभिगेशन
अन्य

संविधासभाद्वारा शोक प्रस्ताव पारित, अर्को बैठक भोली

काठमाडौँ । गत वैशाख १२ को भूकम्पपछि पटक–पटक सूचना टाँसेर स्थगन हुँदै आएको संविधानसभाको आजको बैठक पनि शोक प्रस्ताव पारित गर्दै समाप्त भयो । आजका लागि निर्धारित बैठक पूर्व सांसद डा गोपाल कोइरालाको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गर्दै समाप्त भएकाले दैनिक कार्यसूचीमा प्रवेश नै नगरी समाप्त भएको हो । बैठकमा सभामुख सुवास नेम्वाङले शोक प्रस्ता प्रस्तुत गरेका थिए । विसं २०५६ को उपनिर्वाचनमा झापा क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा कोइरालाको ८३ वर्षको उमेरमा यही जेठ २३ गते निधन भएको थियो । नेपाली काँग्रेसबाट निर्वाचित लोकतन्त्रवादी नेता कोइरालाको निधनप्रति बैठकले गहिरो शोक प्रकट गर्दै उनको आत्माको चिर शान्तिको कामना गरेको छ । साथै बैठकले शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । संंविधानसभाको अर्को बैठक यही जेठ २६ गते मङ्गलबार अपराह्न ३ बजे बस्ने छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...