नेभिगेशन
अन्य

२७ न्यायाधीशको कार्यकाल भोलिदेखि समाप्त, तत्काल निर्णय गर्न बारको माग

काठमाडौं । पुनरावेदन अदालतका २७ जना अतिरिक्त न्यायाधीशको कार्यकाल मंगलवारदेखि एकैसाथ समाप्त हुने भएको छ । तर पुनरावेदनका ठुलो संख्यामा न्यायधीशले एकै पटक अवकाश पाउदा समेत न्यायपरिषदका अध्यक्ष समेत रहेका प्रधानन्याधीश रामकुमार प्रसाद साहले कार्यकाल थप्न भने चासो दिएका छैनन् । यसैबीच न्यायाधीशहरुको कार्यकाल समाप्त भइ न्याय सम्पादनमा असर पर्ने भन्दै नेपाल बार एशोसियशनले तत्काल न्यायपरिषदको बैठक बसी तत्कालै आवश्यक निर्णय गर्न आग्रह गरेको छ । बारले दुई वर्ष निरन्तर न्याय सम्पादनमा लागेका न्यायाधीशहरुको न्यायपरिषदको अनिर्णयको कारण बिना कुनै मूल्यांकन बर्हिगमन हुन गएमा नेपालको न्यायपालिकामा दूरगामी असर पर्ने पनि बारको ठहर छ । विगतमा न्यायपरिषदले न्यायाधीश नियुक्तिमा गरेको अभ्यासको पुनरावृत्ति नगर्न बार एशोसियशनका महासचिव सुनिलकुमार पोखरेलद्वारा सोमवार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । पुनरावेदन अदालतमा ०७० जेठ २७ मा नियुक्त भएका अतिरिक्त न्यायाधीशको पदावधि सकिएर पुनः एक वर्षका लागि थप नियुक्त गरिएको थियो । पुनरावेदनका ति २७ अतिरिक्त न्यायाधीशको कार्यालय मंगलवार सकिँदै छ । सर्बोच्च अदालतको न्यायाधीशका लागि सहमति नजुटिरहेकाबेला उनी न्यायपरिषदको बैठक डाकेर यी न्यायाधीशको जागिर जोगाइदिने पक्षमा उदासिन देखिएका छन् । बैठकका लागि ४८ घण्टा अघि नै परिषद पदाधिकारीहरुलाई सूचना दिनुपर्ने प्रावधान छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै