नेभिगेशन
अन्य

८ प्रदेश सहमतिबारे एमाओवादी नेतृत्वको ३० दलीय मोर्चामा विवाद

काठमाडौं । ८ प्रदेश बनाउने काँग्रेस र एमालेसँग भएको सहमतिबारे एमओवादी नेतृत्वको ३० दलिय मोर्चामा विरोध भएको छ। चार शक्तिबीच भएको सहमतिबारे जानकारी गराउन मोर्चाका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार दिउँसो सिहंदरबारमा मोर्चाको बैठक बोलाएका थिए। राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत अधिकांश नेताले सहमतिको विरोध गरेका थिए। सद्भावना अध्यक्ष महतो बैठकमा उपस्थित भएनन्। ‘प्रदेशको नाम र सीमाबीना संविधान बनाउनुको अर्थ छैन। यस्तो संविधान हामीलाई स्वीकार्य हुँदैन्’ महत्तोले भने। मोर्चाको बैठकमा उनका तर्फबाट सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी थिए। संविधान सभाका मुख्य शक्तिहरु नेपाली काँग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी र मधेशी मोर्चाबीच आठ प्रदेश बनाउनेबारे सोमबार बिहान समझदारी भएको थियो। प्रदेश सभाले नामाङ्कन र विज्ञहरुको आयोगले सीमाङ्कन गर्नेगरी संविधान बनाउने विषयमा पनि उनीहरू सहमतिमा पुगेका थिए। चार शक्तिहरु साँझ अर्को बैठक बसेर सबै विवाद मिलाउने तयारीमा छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...