नेभिगेशन
अन्य

बिनाशकारी भुकम्प गएको ४५ दिन पुग्यो, आठ हजार सात सय बढीको मृत्यु

काठमाडौँ । बिनाशकारी भुकम्प गएको आज ४५ दिन पुगेको छ । बैशाख १२ गते दिउसो ११ः ५६ वजे गोरखाको वारपाकमा केन्द बिन्दु रहेको शक्तिशाली भुकम्प गएको थियो । त्यो भन्दा पछि १३ र २९ गते समेत शक्तिशाली भुकम्प गएको थियो । भूकम्पमा परी आठ हजार सात सय ७४ जनाको मृत्यु भएको छ भने बाइस हजार पाँचसय घाइते भएका छन् । केन्द्रीय प्रहरी समाचार कक्षबाट प्राप्त पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकामा एक हजार सात सय ३२, पूर्वाञ्चलमा ५८, मध्यमाञ्चलमा छ हजार पाँच सय २१, पश्चिमाञ्चलमा चार सय ६१ र मध्यपश्चिमाञ्चलमा दुई जनाको मृत्यु भएको छ । त्यसैगरी काठमाडौँ उपत्यकामा १३ हजार एकसय दुई, पूर्वाञ्चलमा चार सय ५२, मध्यमाञ्चलमा सात हजार सात सय ७०, पश्चिमाञ्चलमा एक हजार दुई सय ४२, मध्यपश्चिमाञ्चलमा ३६ जना र सुदूरपश्चिमाञ्चलमा दुई जना घाइते भएका छन् । भूकम्पमा ज्यान गुमाएका आठ हजार छ सय ८१ जनाको शव आफन्तलाई हस्तान्तरण गरिसकिएको तथा घाइतेमध्ये चार हजार चार सय पाँच जनाको उपचार भइरहेको छ । रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...