नेभिगेशन
अन्य

भारतका प्रवासी नेपालीद्वारा अठासी लाख सहयोग

काठमाडौँ । नेपाली जनसम्पर्क समिति भारतले नेपालका भूकम्पपीडितका लागि ८८ लाख ३० हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ । समितिले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई उनकै कार्यकक्षमा भेटेर पहिलो चरणमा ८८ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेको विवरण पेस गरेको हो । यसैगरी समितिले प्रधानमन्त्री राहत कोषमा जम्मा गरिदिनका लागि पाँच लाख ६२ हजार ३९५ रुपैयाँ राजदूत उपाध्यायलाई हस्तान्तरण गरेको समितिका अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिए । भारतको पूर्वोत्तर क्षेत्रबाट करिब भारु १२ लाख बराबरको राहत सामग्री वाणिज्य दूतावास कोलकाताबाट, मध्यभारत क्षेत्र भोपालबाट करिब रु ६ लाख बराबरको राहत सामग्री, पश्चिम उत्तर भारत क्षेत्रबाट भा।रु दुई लाख ३० हजार बराबरको राहत सामग्री पठाइसकेको पाण्डेले बताए । त्यसैगरी, उत्तर भारत क्षेत्रबाट करिब भारु १७ लाख बराबरको राहत सामग्री दूतावासमार्फत पठाएको र अन्य राहत सामग्री जिल्ला दैवी प्रकोप समितिसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा पठाइएको छ । राहत सामग्री जिल्ला दैवी प्रकोप समितिसँगको समन्वयमा सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट, काठमाडौं ललितपुरलगायत जिल्लामा वितरण गरिएको समितिले जनाएको छ । समितिले दोस्रो चरणमा पुनर्वासका लागि योजना बनाउँदै भारतभरिबाट आर्थिक सङ्कलन अभियान सञ्चालन गर्न लागेको छ । नेपाली काँगे्रस र नेपाल सरकारको सुझावका आधारमा अस्थायी पुनर्वास र दीर्घकालीन बसोबासका लागि पनि भारतीयदातासँग पहल थालेको समितिका सहमहामन्त्री विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...