नेभिगेशन
अन्य

देशभर गर्मी बढ्दो, जनजीवन प्रभावित

काठमाडौं । राजधानी लगायत देशभरी तापक्रम बढ्दै गएपछि गर्मीका कारण जनजीवन नै प्रभावित बन्न थालेको छ । तराईका जिल्लामा तातो हावा चाल्दा जनजीवन नै प्रधावित भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो ३५ डिग्री पुगेको काठमाडौंको तापक्रम अमाज पनि त्यही हाराहारीमा पुग्ने अनुमान छ । मौसमविद् बरुण पौडेलले आज पनि ३३ देखि ३५ सम्म तापक्रम रहने बताए । उनले गर्मी अझै केही बढ्न सक्ने बताए । तराईका जिल्ला बाँके, भैरहवा पनि गर्मी अत्याधिक बढेको छ । हिजो सबभन्दा बढी भैरहवामा ४३.३ डिग्री रेकर्ड भएको महाशाखाले जनाएको छ । यस्तै, दिपायलमा ४१.५, धनगढीमा ४१.३, नेपालगञ्जमा ४२.६, वीरेन्द्रनगरमा ३९.२, दाङमा ३८.२ र सिमरामा ३९.८ डिग्री सेल्सियस रेकर्ड भएको थियो । आज पनि त्यसको नजिक रहेका तापक्रम देखिनेछ । पूर्वी तराईका जिल्लामा पनि गर्मी बढेको छ । मौसम विद् पौडेलले पानी पर्ने सम्भावना अझै नदेखिएको र मनसुन सुरु हुन केही लाग्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै