नेभिगेशन
अन्य

प्रमुख दलहरु आजपनि छलफलमा जुट्दै

काठमाडौं । भुकम्पपछि सहमतिका आधारमा संविधान जारी गर्न तयार रहेको दलहरुबीच फेरि संघियताको नाममा विषयमा कुरा नमिल्दा दलहरुले संविधानसभासंग मागेको पहिलो समय त्यसै गुजारेका छन् । दोश्रो पटक मागेको समयपनि भोली सकिदैछ । संविधानसभासंग मागेको दोश्रो समयसिमा सकिन लाग्दा फेरि आज पनि दलहरु सामुहिक तथा दुइपक्षिय छलफलमा जुट्ने भएका छन् । आजको बैठकमा प्रदेशको संख्या, नाम र सीमाका विषयमा थप छलफल हुने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । तर दलहरुले संघीयताका बिषयमा सहमति गर्न सकेका छैनन् । प्रदेशको संख्या ६ बनाउनेमा सहमति नजिक पुगेका दलहरुबीच नामका विषयमा विवाद भइरहेको बताइएको छ । सत्तारूढ दल नेपाली कांग्रेस र एमाले लगायतले सामर्थ्यलाई जोड गर्दै कोसी, जनकपुर, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश गरी सात प्रदेशको अवधारणा पेस गर्दै आएका छ । एमाओवादीले किरात–लिम्बुवान, नेवाः–ताम्सालिङ, तमु–मगरात, सेती–महाकाली, अवध–थरुहट र मधेस नामकरण गरेर जान प्रस्ताव गरेको छ । पहिचानका नाममा जातीयता झल्को आउने प्रदेशको नाम मान्न नसकिने सत्तापक्षको भनाई छ । सीमांकनको जिम्मा राज्य पुनःसंरचना आयोग गठन गरेर त्यसैलाई दिने र नामकरणको जिम्मा भने सम्बन्धित प्रदेश सभालाई गर्न दिने गरी सहमति प्रयास भइरहेको छ । तसहमति भने भइसकेको छैन
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै