नेभिगेशन
अन्य

लाङटाङमा ५३ मानव कङ्काल फेला

रसुवा । गत वैशाख १२ गतेको भूकम्पका कारण हिमपहिराले लाङटाङ गाउँ पुरिँदा हराइरहेकामध्ये थप ५३ जनाको मानव कङ्काल फेला परेको छ । जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेलका अनुसार पछिल्लो पटकको खोज उद्धारबाट फेला परेकामध्ये तीन जना विदेशी भएको अनुमान गरिएको छ । पहिलो चरणको खोज र उद्धारमा भने एक सय २८ जनाको शव फेला परेको थियो । हाल एक सय ८३ लाङ्टाङवासीसमेत गरी करिब तीन सय ३३ जना हराइरहेको स्थानीयवासी ङेरुप लामाको पूर्वअनुमान भए पनि अहिलेसम्म पहिराले कति पुर्‍यो भन्ने यकिन तथ्याङ्क भने आउन सकेको छैन । अहिलेसम्म एक सय ५० लाङ्टाङवासीको मात्र शव भेटिएको लाङटाङका समाजसेवी सुब्बा तामाङले जानकारी दिए । शव खोज्ने कार्य दु्रत रुपमा भइरहेको र सो कार्यमा नेपाली सेना महावीर गण ९रेन्जर० र नारायण दल गण जुटेको गणपति लक्ष्मण थापाले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै