नेभिगेशन
अन्य

संविधानका विवदीत बिषयमा सुझाव माग्न सर्वदलीय बैठक

काठमाडौं । प्रमुख चार दलले संविधानका विवादित विषयमा सुझाव लिन शनिबार संविधानसभामा रहेका दलहरुको बैठक बोलाएका छन् । शनिबार विहान बालुवाटारमा ९ बजे बोलाइएको बैठकको समन्वय सरकारले गर्ने बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलका शीर्ष चार नेताको बैठकले सबै दलको सुझाव लिएर सहमतिको प्रस्ताव तयार पार्ने सहमति गरेका हुन् । संघीयतामा चार दलबीच ६ वा ८ प्रदेशको विकल्पमाथि छलफल भइरहेको छ । माओवादीले भौगोलिक पहिचानसहितको ८ प्रदेशको प्रस्ताव अघि सारेको छ । कांग्रेस र एमालेले भने नामांकन प्रदेशसभाले गर्ने र सीमांकन आयोगले गर्ने गरी ६ प्रदेश बनाउनु पर्ने अडान लिँदै आएका छन् । चार दलले संविधानसभाको २५ गतेको बैठक बस्नु अघि नै सहमति गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै