नेभिगेशन
अन्य

भुकम्प पिडित नेपालीलाई सहयोग जुटाए अस्ट्रेलियन संसदले

सिड्नी । अष्ट्रेलियाका दुईजना सांसदले भुकम्प पिडित नेपालीका लागि सहयोग रकम संकलन गरेर नेपाल मोह देखाएका छन् । अस्ट्रेलियन संसद मार्क कुरी र जेफ ली लगायतका सांसदहरुले सिड्नीको संसद भवनमा रात्रिभोज आयोजना गरेर १५ लाख संकलन गरेका हुन् । उनीहरुले यो सहयोग संकलन गर्नु उनीहरुको नेपालप्रतीको माया र मोहको बिषय हो। न्यु साउथवेल्स राज्यको संसद भवनमा मार्क र जेफको पहल अनि नेपाली सोलिसीटर शम्सेरसिंह थापाको समन्वयमा आयोजित रात्रीभोजमा १५ लाख रकम जम्मा भएको थियो। सो रकम नेपाली राजदूतावासमार्फत सिधै राज्यको प्रधानमन्त्री राहतकोषमा दाखिला गरिएको छ। सिड्नीको संसद भवनमा आयोजना गरिएको उक्त कार्यक्रममा १ सय ५० जना नेपाली तथा अस्ट्रलियनहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अष्ट्रेलियाका एक दर्जन सांसदहरू, स्थानीयवासीको सहभागिता रहेको थियो। सहजकर्ताको भूमिकामा देखिएको सोलिसिटर शम्सेरसिंह थापाले भने –‘यो पैसाभन्दा पनि एउटा महत्वपूर्ण म्यासेज हो, अस्ट्रेलियाली राजनीतिज्ञहरू पनि नेपालको विपत्तिको साथ छन् भन्ने।’ ‘हाम्रो योजनालाई यहाँका सांसदहरूले अत्यन्तै सक्रिय र प्रभावकारी रूपमा नेपालको पीडामा सहयोग गर्ने तत्परता देखाए, यो नै हाम्रो लागि महत्वपूर्ण विषय हो,’ उनले भने। राज्यको कोषमा सिधा पैसा दिदाँ सहयोग पीडितसमक्ष पुग्छ भन्ने अर्को शन्देश पनि यसले दिएको छ। आइएनजीओ र एनजिओ मार्फत पैसा दिदाँ पीडितको पक्षमा न्याय नहुने तर्क थापाको रहेको छ। हामीले राज्यलाई बिश्वास गर्नुपर्छ, त्यो कसको र कुन राजनीतिक दलको भन्ने कुरा आउँदैन। कार्यक्रममा बिभिन्न राजनीतिक दलका अष्ट्रेलियाली सांसदहरु मार्क कुर, डा।जेफ ली, जोनाथन ओडिआ, कर्टनी होउसस, मेलानी गिबन्स, सोफी कोटसिस, जोडी म्याके र स्कट फेर्लो लगायतले सहभागिता जनाएका थिए। यसैगरि एनआरएन प्रवक्ता मन केसी, सल्लाहकार इन्द्रा वन, एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, लिबरल फ्रेन्ड्स अफ नेपालका श्री नापीतलगायको सहभागिता थियो। सोही दिन निजीबार रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रमबाटसमेत १ हजार ४ सय ५० डलर संकलन गरिएको थियो। उक्त रकम एनआरएन राहत कोषमा जम्मा गरिएको डा. थापाले बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।