नेभिगेशन
अन्य

दाता सम्मेलनको लागि ६५ मुलुकलाई पत्राचार

काठमाडौ । आगामी असार १० गते काठमाडौंमा आयोजना हुने दाता सम्मेलनको मिति नजिकिदै गर्दा हालसम्म ६५ दातृ मुलुक तथा निकायहरुमा निम्तो पठाइएको छ । अर्थ मन्त्रालयका अनुसार पराम्परागत दातामुलुक तथा निकायहरुका अतिरिक्त उद्दार तथा राहत कार्यमा संलग्न नयाँ दाताहरु समक्ष समेत निम्तो पठाइसकिएको छ । सम्मेलनको तयारीको क्रममा सम्मेलनको संयोजक रहेका अर्थमन्त्री डा. रामशरण महतले भारत, चीनका राजदूत लगायत सम्मेलनमा सहभागी हुन आउने अधिकांश मुलुकका राजदूतहरु समक्ष भेटघाट तथा छलफल गरिसकेका छन् । नेपालमा रहेका स्थानीय विकास साझेदार संस्थाहरुका प्रतिनिधिहरु तथा द्विपक्षीय दातामुलुकहरु समक्ष दुईपटक विशेष वैठकहरु भैसकेका छन भने उनीहरुसँग थुप्रै अनौपचारिक बैठकहरु समेत सम्पन्न भैसकेका छन । हरेक बेठकहरुमा अर्थमन्त्री तथा सम्मेलन संयोजक डा महतले बहुपक्षीय दातृ निकाय तथा दाता मुलुकहरुबाट उच्च नेतृत्वको सहभागिताका लागि आग्रह गरेका छन् । नेपालमा गत वैशाख १२ गते गएको भूकम्पले पु(याएको धनजनको क्षतिप्रति सहानभूतिशील बनेका दाताहरुले सोही अनुसारको सहभागिताको आश्वासन दिएका छन ।नेपालको पुनर्निर्माणका लागि ५ देखि १० खर्ब रुपैयाँ सम्म पुँजीको आवश्यकता रहेको प्रारम्भिक अनुमान रहेको छ भने आगामी पाँच बर्षभित्रमा सरकारले विनाश भएका सम्पूर्ण संरचनाहरुको पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ । पीडीएनए आइसकेपछि पुनर्निर्माणका लागि आवश्यक पर्ने वास्तविक रकमबारे स्पष्ट जानकारी हुनेछ । सम्मेलन सफल बनाउने तयारीको क्रममा शुक्रबार अर्थमन्त्री डा रामशरण महत र नेपालका लागि जापानका राजदूत मासासी ओगावाबीच अर्थमन्त्रालयमा छलफल भयो । भूकम्पपछिको पुनर्निर्माणका लागि आवश्यक पर्ने रकमको मूल्यांकन प्रतिवेदन ९पीडीएनए० अर्कोहप्ता सम्ममा तयार हुने जानकारी दिदै उनले शुभेच्छुक मित्रराष्ट्रका हैसियतले जापान सरकारबाट नेपालले ठूलो अपेक्षा राखेको बताए । जापानले नेपालको विकासमा पु¥याएको योगदानको चर्चा गर्दै अर्थमन्त्री डा महतले यो विपद्को अवस्थामा अझ ठूलो सहयोग आवश्यक भएकोमा जोड दिएका थिए । सो अवसरमा जापानी राजदूत ओगावाले आगामी असार १० गते हुने सम्मेलनकै क्रममा जापानले सहयोगको घोषणा गर्ने जानकारी दिए । उनले सकेसम्म बढी सहायता उपलब्ध गराउन पहल गरिने जानकारी पनि दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै