नेभिगेशन
अन्य

एमाओवादी नेतृत्वको मोर्चामा दूरी बढ्यो

काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी गठबन्धनका दलहरुका बीचमा मतान्तर बढ्दै गएको छ । गठबन्धनका संयोजक पुष्पकमल दाहालले बैठक थाल्दै भने, ‘मैले तपाईंहरुका लागि केही लिएर आएको छु ।’ एमाओवादी संसदीय दलको कार्यालयमा बिहीबार दिउँसो बसेको विपक्षी बैठकका सहभागी नेताहरुले उनीतिर कान सोझ्याए । दाहालले कांग्रेस एमाले एमाओवादी बैठकको पोको खोले, ‘कांग्रेस र एमालेले समानुपातिक तर्फ २० प्रतिशतभन्दा बढी दिन नसकिने बताएपछि मैले ४० प्रतिशतभन्दा र्झन नसकिने अडान लिएँ ।’ दाहालका अनुसार उनले कांग्रेस एमालेसगको बैठकमा चारबुँदे अडान राखे । तीमध्ये पहिलो, ६० र ४० प्रतिशत क्रमशः प्रत्यक्ष र समानुपातिक चुनाव प्रणाली थियो । दोस्रो, दुई वा बढी दलले मिलेर चुनाव लड्न चाहे एउटै चुनाव चिह्न पाउनुपर्ने अडान राखेको बताए । तेस्रो, प्रदेशको नाममा सहमति हुन नसके प्रदेश सभाले निर्णय गर्ने सक्नेछ । चौथो, संयुक्त पहिचानका आधारमा छ प्रदेशमा सहमति गर्न सकिने एमाओवादी प्रस्ताव रह्यो । मधेसी दलहरुले छ प्रदेशको एमाओवादी प्रस्ताव लचकताको नाममा कमजोरी भएको भन्दै विरोध जनाए । मधेसी नेताहरुले सामुहिक रुपमै भने, ‘तपाइर्ंलाई सहमतिको नाममा झन् कमजोर बनाउँदै परिवर्तनका एजेन्डामा सम्झौता गराउन खोजिंदैछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...