नेभिगेशन
अन्य

संविधानको विवाद टुंगो लगाएर मात्र राष्ट्रिय सरकार बनाउने सहमति

काठमाडौं । मुख्य राजनीतिक दलहरुले संविधान निर्माणमा देखिएका विवादीत बिषयको टुंगो लगाएर मात्र नयाँ राष्ट्रिय सरकार गठनका बारेमा औपचारीक छलफल थाल्ने सैद्धान्तिक सहमति गरेका छन् । भूकम्पपछिको पुनःनिर्माणमा सँगै रहेका दलहरु अब संविधान निर्माणका लागि पनि सरकार गठनमा सहमत भएपनि राष्ट्रिय सरकारका बारेमा दलहरुले औपचारिक छलफल थालेका थिएनन् । तर संविधानका विषयमा सहमतिपछि राष्ट्रिय सरकार वा सरकारसँगै संविधानका विवादीत बिषय टुंगो लगाउने भन्नेमा दलहरुका आ–आफ्ना धारणा रहेका थिए । तर आज बसेको मुख्य तीन दल र मधेशी मोर्चाको बैठकले संविधानका विवादीत बिषय टुंगो लगाएर मात्र राष्ट्रिय सरकार गठनको छलफल थाल्ने सैद्धान्तिक सहमति गरेका छन् । यसैगरि संविधानका विवादीत बिषयमा सहमति जुटाउनका लागि संविधानसभा अध्यक्ष सुवास नेम्वाङसंग ५ दिनको समय माग गर्ने पनि बैठकले निर्णय गरेको छ । शनिवारका लागि बोलाएको संविधानसभाको बैठक सुचना टाँसेर अन्त्य गरिएको थियो । आजको बैठकपनि सुचना टाँसेर अन्तय गर्ने तयारी भएको छ । मुख्य राजनीतिक शक्तिहरुको बैठकले ५ दिनको समय माग गरेपछि केहि दिन संविधानसभा स्थागित हुने भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै