नेभिगेशन
अन्य

राष्ट्रिय सरकार गठनका बारेमा दलहरु औपचारिक छलफलमा

काठमाडौं । मुख्य राजनीतिक दलहरुले नयाँ राष्ट्रिय सरकार गठनका बारेमा औपचारीक छलफलमा जुटेका छन् । भूकम्पपछिको पुनःनिर्माणमा सँगै रहेका दलहरु अब संविधान निर्माणका लागि पनि सरकार गठनमा सहमत भएपनि राष्ट्रिय सरकारका बारेमा दलहरुले औपचारिक छलफल थालेका थिएनन् । तर संविधानका विषयमा सहमतिपछि राष्ट्रिय सरकार वा सरकारसँगै संविधानका विवादीत बिषय टुंगो लगाउने भन्नेमा दलहरुका आ–आफ्ना धारणा रहेका छन् । दुईपक्षीय छलफलमा रहेका दलहरु आज सरकार गठनका विषयमा साझा सहमति जुटाउन सामुहिक छलफलमा बस्दैछन् । बिहान प्रधानमन्त्रीको सरकारी निवासमा हुने छलफलमा विभिन्न विकल्पमा छलफलमा जुटेका छन् । नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीका शिर्ष नेताहरुबीच छलफल हुन लागेको हो । वैशाखको पहिलोसाता शक्तिशाली भूकम्पपछि बसेको संसद बैठकमा पूर्वप्रधानमन्त्रीहरुले राष्ट्रिय सरकार गठनमा जोड दिएका थिए । त्यसयता राष्ट्रिय सरकार गठनको कुरा उठ्दै आए पनि सरकारको स्वरुपको बारेमा टुंगो लाग्न सकेको छैन । सुशील कोइराला नेतृत्वको सरकार गठनअघि एमाले र काङ्ग्रेसबीच भएको ७ बुँदेसहमतिमा संविधान जारी भएपछि सरकार परिवर्तन गर्ने सहमति भएको थियो । कांग्रेसले भने संविधान सुनिश्चितता नभएसम्म सरकार गठन नहुने जनाइसकेको छ । एमाले कांग्रेसले सरकार गठनपछि संविधान जारी गर्ने सोच बनाएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै