नेभिगेशन
अन्य

आजदेखि विद्यालय सञ्चालन, पठनपाठनमा समस्या

काठमाडौं । सरकारको आजदेखि विद्यालय सञ्चालन गर्ने भन्ने निर्देशनअनुरूप शिक्षक र व्यवस्थापन समितिहरू तयारीमा जुटेका छन् । तर, भूकम्पबाट भौतिक संरचना ध्वस्त भएका धेरैजसो विद्यालयमा अझै अस्थायी कक्षाकोठाको व्यवस्था हुन नसक्दा पठनपाठन सुरु भइहाल्ने अवस्था छैन । सामुदायिक विद्यालयहरूले अस्थायी कक्षाकोठा बनाउने तयारी गर्दैछन् । संस्थागत विद्यालय ध्वस्त भवनको विकल्पको खोजी तथा मर्मत सम्भारमा जुटेका छन् । तत्काल विद्यालय खोल्न विभिन्न दातृ निकायले जिल्ला शिक्षा कार्यालयको समन्वयमा अस्थायी टहरा बनाउन सघाइरहेका छन् । तर कामले तीव्रता पाएको छैन । अस्थायी कक्षाकोठा निर्माण तीव्र पार्न पर्याप्त सामग्री र जनशक्ति अभाव छ । भूकम्पको त्रास हटाउन सबै शिक्षकलाई मनोसामाजिक परामर्श दिइएको जिल्ला अधिकारीहरूले जनाएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएलगत्तै आएको प्राकृतिक विपत्तिपछि उपत्यकाबाट बाहिरिएका विद्यार्थी र अभिभावक अझै फर्केका छैनन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै