नेभिगेशन
अन्य

संविधान निर्माणलाई प्राथमिकता दिने काँग्रेसको निष्कर्ष

काठमाडौँ । राष्ट्रिय सहमतिको सरकार गठनको चर्चा चलिरहेका बेला सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसले अहिले सरकारभन्दा संविधान पहिलो प्राथमिकताको विषय भएको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको काँग्रेस पदाधिकारी बैठकले संविधान समयमै बन्नुपर्छ भन्ने राष्ट्रिय साझा सङ्कल्प भएकाले सम्पूर्ण प्रयत्न त्यसैमा केन्द्रित गर्नुपर्ने निष्कर्ष निकालेको हो । संविधान निर्माणका लागि सहमतिका साथ जानुपर्ने आवश्यकतालाई औँल्याउँदै काँग्रेसले त्यसका निम्ति आवश्यक परे सहमतिको सरकार गठन गर्नसमेत आफ्नो पार्टी तयार रहेको जनाएको छ । बैठकपछि काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले भने ‘संविधान निर्माणका लागि सहमतिका साथ जानुपर्छ, यसका निमित्त आवश्यक पर्छ भने सहमतिको सरकार गठन गर्न हाम्रो पार्टीले पहिलादेखि नै भनेको हो , तर संविधान निर्माण आधारभूत र प्राथमिक कुरा हो ।’ उनले शुक्रबारको चार दलका शीर्ष नेताहरुको बैठक र त्यसअघिको काँग्रेस पदाधिकारीको बैठकले पनि संविधान निर्माणलाई प्राथमिकता दिने निष्कर्ष निकालेको जानकारी दिए । ‘अहिले संविधान जारी हुँदासम्म काँग्रेसको नेतृत्वमा रहने कुरा सबैलाई थाहा छँदैछ, यो एउटा सहमति एमालेसितको प्रारम्भिक रुपमै भएको हो सरकार निर्माण हुँदा । संविधान जारी भइसकेपछि नयाँ नेतृत्वमा जाने बाटो खुल्छ त्यसका निमित्त हामी तयार छौँ’ प्रवक्ता बडूले भने । भूकम्पले ल्याएको विपत्तिको पुनःनिर्माणसँगै संविधान निर्माण गरेर अहिलेको राजनीतिक सङ्क्रमणलाई छोट्याउन सके थप सम्पूर्ण शक्ति पुनःनिर्माण र पुनःस्थापनामा लगाउन सकिने भन्दै उहाँले अहिलेको प्राथमिकता संविधान नै भएकाले यसलाई जतिसक्दो पूर्णता दिनुपर्नेमा जोड दिए । आजै साँझ बस्ने चार दलको बैठकमा पनि सोही विषयमा छलफल हुने र सम्पूर्ण प्रयत्न संविधान निर्माणमा केन्द्रित गर्नेतर्फ सबै पार्टी एक ठाउँमा पुग्ने उनको विश्वास छ । संविधान निर्माणका निमित्त आवश्यक परेको खण्डमा जसरी अहिले एकताबद्ध भएर सम्पूर्ण पार्टीहरु विपद् व्यवस्थापनमा जुटेका छन् त्यसैगरी संविधान निर्माणमा पनि सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्ने काँग्रेसको धारणा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै