नेभिगेशन
अन्य

‘श्रमको सम्मान नै समाजवाद’

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृति नै समाजवाद भएको बताएका छन् । कपिलबस्तु कांग्रेसको नेतृत्वमा रसुवा जिल्लामा विद्यालय र घरटहरा बनाउन जान लागेका पार्टीका १०० जना कार्यकर्ताको टोलीलाई स्थानीय माछापोखरीबाट बिदाइ गर्दै नेता पौडेलले यो नवनिर्माणको अभियान भएकाले काँग्रेसका सबै नेता कार्यकर्ता जुट्नुपर्छ किनकि काँग्रेस किसानको पार्टी हो, जनताको साथी हो भन्नुभयो । उहाँले छरिएर रहेका बस्तीलाई बिजुली, खानेपानी, स्वास्थ्य, बजार, उद्यान, शिक्षा, स्वास्थ्यजस्ता आधुनिक सुविधा उपलब्ध गराएर उपयुक्त भौगोलिक संरचनामा एकीकृत बस्ती बसाल्नुपर्ने समय आएको समेत बताए । युवा नेता थापाले आफ्नो नेतृत्वको टोलीले रामेछाप, सिन्धुपाल्चोक, दोलखा, नुवाकोटर धादिङका २२० घरलाई जस्तापात उपलब्ध गराएको र ८० भन्दा बढी घरसहित विद्यालय निर्माणको कामलाई तीव्रता दिएको बताए । जेठ अन्तिमसम्म १०० विद्यालय निर्माण गर्ने सोच छ, त्यसका लागि १८ ठाउँमा एकै चोटि काम थाल्ने स्पष्ट पारे । रसुवाका यार्सा, भोर्ले, डाँडागाउँसहित पाँच ठाउँमा विद्यालय बनाउने कपिलबस्तु कांग्रेसका सभापति सुरेन्द्र आचार्यले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...