नेभिगेशन
अन्य

राष्ट्रिय सरकार गठनबारे मधेसी मोर्चा र तीन दलबीच छलफल

काठमाडौं । मधेसी मोर्चा र प्रमुख तीन दलबीच राष्ट्रिय सहमतिको सरकार गठनबारे औपचारिक छलफल प्रारम्भ भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवास भएको मोर्चा र तीन दलका शीर्षनेता सम्मिलित बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनका साथै भूकम्पबाट सिर्जित महाविपत्तिको व्यवस्थापनका निम्ति त्यस्तो सरकार गठनको आवश्यकता औँल्याइएको थियो । वर्तमान सरकारलाई विस्तार गरेर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने वा नयाँ नेतृत्वमा त्यस्तो सरकार बनाउने भन्ने बारेमा बैठकमा सहभागी नेताले स्पष्ट गर्न अस्वीकार गरे । करिब दुई घन्टा भएको उक्त बैठकमा संविधान लेखनका बाँकी कामलाई टुङ्गोमा पु¥याउने र राष्ट्रिय एकतासहितको राष्ट्रिय सरकार गठनमा केन्द्रित रहेर छलफल भएको थियो । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भूकम्पबाट पैदा भएको महाविपत्तिको व्यवस्थापन गर्न सहमतिको राष्ट्रिय सरकार बनाउने विषयमा बैठकमा गहन विचारविमर्श भएको जानकारी दिए । उनका अनुसार अघिल्लो संविधानसभाबाट संविधान जारी गर्न सकेनौँ र वर्तमान संविधानसभाले पनि अहिलेसम्म संविधानको पूर्ण खाका तयार गर्न सकेन, भूकम्पबाट सिर्जना भएको विपत्ति र राजनीतिक सङ्कट सामना गर्न राष्ट्रिय सरकार बनाउने विषयमा छलफल भएको हो । राजनीतिक सङ्कट समाधान र सहमतिको आधारमा संविधान घोषणा गर्नेमा छलफल केन्द्रित रहेको अध्यक्ष गच्छदारले बताए । बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र अध्यक्ष गच्छदार सहभागी थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै