नेभिगेशन
अन्य

बिहीबार बिहानै भूकम्पका चार धक्का

काठमाडौं । बैशाखका दुई ठूला भूकम्पयता परकम्पन जाने क्रम जारी छ । बिहीबार बिहानै चारवटा परकम्पन गएका छन् । बिहान ३ बजेदेखि साढे ५ बजेको बीचमा ४ वटा धक्का महसुस भएको हो । बिहान ३ बजेर ७ मिनेटमा गोरखा र धादिङको सिमाना भएको ४ म्याग्निच्यूटको परकम्पन गएको थियो । त्यसैगरी बिहीबार बिहानै ३ बजेर ४० मिनेटमा पुनः गोरखा र धादिङ केन्द्र भएको ४ म्याग्निच्यूटको धक्का महसुस भयो । त्यसपछि ५ बजेर १२ मिनेटका अर्को परकम्पन गयो । ४ म्याग्निच्यूटको यो परकम्पनको केन्द्रबिन्दु काठमाडौं उपत्यकामा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। त्यसलगत्तै ५ बजेर ५ बजेर २९ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्युटको अर्को भूकम्पको धक्का महुसस भयो । बिहानै गएका परकम्पनले काठमाडौं, दोलखा, सिन्धुपाल्चोक, गोरखा, धादिङ, नुवाकोट र रसुवासहितका जिल्ला हल्लाएको थियो । बुधबार दिउँसो पनि दुर्इवटा परकम्पन गएका थिए । ठूला धक्का नगएका हुने नआत्तिन भूकम्प मापन केन्द्रले सर्वसाधरणलार्इ आग्रह गरेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै