नेभिगेशन
अन्य

उद्योग बाणिज्य महासंघ अध्यक्षको निर्वाचन असारमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको रिक्त अध्यक्ष पदको निर्वाचन आगामी असार १८ गते हुने भएको छ । महासङ्घ कार्यकारिणी समितिको आजको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले रोटरी क्लब इन्टरनेशनलसँगको सहकार्यमा भूकम्पबाट प्रभावित १४ जिल्लाका प्राथमिक विद्यालय भवन पुनःनिर्माण गर्न महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशीलाई संयोजनको जिम्मेवारी दिएको छ । महासङ्घका अनुसार विपत्को वर्तमान घडीमा आम नेपाली जनता माझ व्यावसायिक आचार संहितालाई आत्मसात् गरी सहुलियत र सुपथ मूल्यमा उपभोग्य वस्तु तथा सेवा सर्वसुलभ रुपमा उपलव्ध गराउन मुलुकभरका उद्यमी व्यवसायीमा बैठकले अपिल पनि गरेको छ । महासङ्घका निर्वाचित अध्यक्ष प्रदीपजङ्ग पान्डे ३१ वर्ष पुरानो भ्रष्टाचार मुद्दामा केही महिनाअघि पक्राउ परेपछि उक्त पद रिक्त थियो । हाल वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले कार्यबाहक अध्यक्षका रुपमा महासङ्घलाई नेतृत्व प्रदान गर्दै आएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै