नेभिगेशन
अन्य

आन्तरिक शरणार्थीका रुपमा भूकम्पपीडितलाई अस्थायी बसोबासको व्यवस्था गर्न माग

दोलखा । पूर्व प्रधानमन्त्री एवम् नेपालीका काँगे्रसका वरिष्ठ नेता शेरबहादुर देउवाले दोलखाका १८ गाविसका नागरिकलाई आन्तरिक शरणार्थीका रुपमा भए पनि तत्काल अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने बताएका छन् । तत्कालीन माओवादीका लडाकु राखिएका शिविर, भुटानी शरणार्थीका शिविरमा तत्काल भुकम्पका कारण बिस्थापितलाई राख्न सकिने बताएका हुन् । दोलखाको उत्तरी क्षेत्रका १८ गाविस र नगरपालिका ५, ६ र ८ तल्लो भूभागका नागरिकलाई स्थानान्तरण गरी स्थायी बसोबासका लागि राज्यले सरकारी उपयुक्त जमिन छानी राख्न पहल गरिने वरिष्ठ नेता देउवाले दोलखाली नागरिकलाई विश्वास दिलाए । उनले हेलिकप्टरबाट पीडित नागरिकमा खाद्यान्न र जस्तापाता पु¥याउनलाई सरकारलाई तत्काल थप सल्लाह दिने र आफ्नो पहलले पीडामा परेका नागरिकलाई जतिसक्दो छिटो पीडामुक्त बनाउने प्रतिबद्धता जाहेर गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...