नेभिगेशन
अन्य

भुकम्पका कारण सेयर चार दिनमा सूचक १०० अंकले घट्यो

काठमाडौं । विनासकारी भूकम्पका कारण एक महिना अवरुद्ध भएर यो सातादेखि सुरु भएको सेयर कारोबार चार दिनमा सय अंकले घटेको छ । आइतबार २८ अंकले घटेको नेप्से सूचक सोमबार २९ अंकले र मंगलबार २० अंकले घटेको थियो । बुधबार पनि सूचक २२ अंकले घटेको छ । भूकम्पका कारण अर्थतन्त्रमा ठूलो असर परेको र सूचिकृत कम्पनीहरुको नाफा घट्न सक्ने अनुमानमा नेप्से सूचक घटेको हो । बुधबार ६९ कम्पनीका २ लाख ७७ हजार कित्ता सेयर १५ करोड २१ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । बुधबारको कारोबारमा वाणिज्य बैंक समूहको साढे २८ अंकले, बीमा समूहको साढे ८६ अंकले, विकास बैंक समूहको साढे १० अंकले, अन्य समूहको १२ अंकले, जलविद्युत समूहको ६ अंकले र वित्त कम्पनी समूहको सूचक डेढ अंकले घटेको छ । बुधबार उत्पादनमूल र व्यापार समूहको भने कारोबार नै भएन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...