नेभिगेशन
अन्य

सबैको सहयोगमा भूकम्पछिको उद्धार कार्य भइरहेको छ :प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले सबै राजनीतिक दलको सक्रियता, सहयोग र सद्भावमा भूकम्पपछिको खोज, उद्धार, राहत र पुनर्बासको काम भइरहेको बताएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन समितिको बैठकमा आज प्रधानमन्त्री कोइरालाले सबै पक्षको प्रयासमा पुनःस्थापना र पुनःनिर्माणको काम सफल हुने विश्वास व्यक्त गरे । पूर्व तयारी नहुँदा यस्तो विपद्लाई धान्न समस्या परेको बताउँदै उनले उपलब्ध साधन र स्रोतका आधारमा सबै राजनीतिक दलको सहयोगबाट विपद्पछिको कार्यलाई अगाडि बढाइएको बताए । सबैले सरकारसँग अपेक्षा गर्ने भएकाले यस अवस्थामा आलोचनालाई आफूले सहजरुपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले भने,‘राम्रो बसोबास होस्, कसैले दुःख भोग्न नपरोस् भनेर इन्जिनियरको टोलीलाई गाउँ गाउँ पठाइएको छ ।’ उनले विपद्को समयमा भएका कमकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले स्थानीय निकाय नहुँदा विपद्को अवस्थामा काम गर्न कठिनाइ भएको उल्लेख गरे । उनले समयमै सबैले उचित राहत पाउनुपर्छ भन्ने उद्देश्यले रु १५ हजारसम्म भूकम्प प्रभावितलाई उपलब्ध गराउन आफूले पहल गरिरहेको बताए । शान्ति र संविधानलाई पनि सँगै लैजानुपर्ने भएकाले सबैको सहयोग अनिवार्य भएको उनको भनाइ थियो । विपद्को अवस्थाबारे जानकारी दिन समितिले प्रधानमन्त्रीलाई आज बोलाएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै