नेभिगेशन
अन्य

तातो हावा चल्दा नेपालगन्जको जनजीवन प्रभावित

नेपालगञ्ज । नेपालगन्ज र वरपरको क्षेत्रमा अत्यधिक तातो हावा (लु) चल्न थालेको छ। गर्मीका कारण हावामा पानीका कण घट्दै गएपछि दिउँसोमा सडकमा हिड्डुल गर्दा आगोको रापले पोलेझैं महशुस हुन थालेको छ। नेपालगन्जको तापक्रम यो साता ४२ दशमलब ६ डिग्री सेल्सियससम्म पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिहान नौ दश बजेदेखि साँझ पाँच ६ बजेसम्म तातो हावा चल्न थालेपछि नेपालगन्जको जनजीवन प्रभावित भएको छ। सरकारी कार्यालय तथा शहरी क्षेत्रमा चहलपहल ह्वातै घटेको छ। चिसो पेय पदार्थ , काक्रा, उखुको रस, तरबूजा, लस्सी, आइसक्रिमको बिक्री बढेको छ। गर्मीबाट जोगिन स्थानीय बासिन्दाहरू रुखको छहारीमा बस्न थालेका छन्। अत्यावश्यक काममा बाहेक स्थानीयहरू घरबाट बाहिर निस्कन छाडेका छन्। निस्कने परे पनि छाता ओडेर , चश्मा लगाएर हिड्ने गरेका छन्। नेपालगन्जमा अत्याधिक गर्मी भए पनि छिन छिनमा विद्युत अवरुद्ध हुँदा स्थानीय बासिन्दाहरू थप समस्यामा परेका छन्। गर्मीबाट जोगिन पटक पटक नुहाउने गरेका छन्। अत्याधिक गर्मी र सुख्खा हावाका कारण नेपालगन्जको भेरी अञ्चल अस्पतालमा आउने बिरामीको संख्या पनि बढ्दै गएको छ। गर्मीबाट बच्नका लागि बासी र झिँगा भन्केको खानेकुरा नखान, सफा पानी र झोलिलो खानेकुरा बढी मात्रामा खान र गर्मीको बेला हिड्डुल नगर्न चिकित्सकहरूले सुझाब दिएका छन्। झाडा पखाला, टाइफाइड, जन्डिस र ज्वरोका बिरामीहरुको संख्या बढ्दै गएको भेरी अञ्चल अस्पताल नेपालगन्जका चिकित्सक डा संकेत रिसालले बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै