नेभिगेशन
अन्य

आज अपराह्न सवा एक बजे ४.५ रिक्टरको पराकम्पन

काठमाडौं । आज अपराह्न १ बजेर १५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.५ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । नजिक केन्द्रबिन्दु भएकाले काठमाडौँ उपत्यकामा भूकम्पको धक्का बढी महसुस भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । यसअघि मध्याह्न १२ बजेर ३ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.२ रिक्टर स्केलको पराकम्पन गएको थियो । हालसम्म चार रिक्टर स्केलभन्दा माथिका २७३ वटा पराकम्पन गएको केन्द्रले जनाएको छ । पछिल्लो समय भूकम्पको पराकम्पन घटेसँगै जनजीवन सामान्य बन्दै गएको छ । भूकम्पको त्रासदीले खुलास्थानमा बसेका सर्वसाधारण आ–आफ्नो बासस्थानतर्फ फर्किसकेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै