नेभिगेशन
अन्य

मंगलवार राती ५ रेक्टरस्केलको पराकम्पन

काठमाडौं । विनासकारी भुकम्प गएको एक महिना पुगेका दिन मंगलबार राती ५ रेक्टरस्केलको पराकम्पन गएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार राती १० बजेर ५२ मिनट जाँंदा रसुवा केन्द्र बिन्दु भएको पराकम्पन गएको हो । महाविनासकारी भुकम्प गएको एक महिना पुगेको दिन मंगलबार यो समेत पाँंच वटा पराकम्पन गएका छन् । साँंझ ८ बजे ललितपुर÷काभ्रे केन्द्र बिन्दु भएको ४ दशमलव ३ रेक्टरस्केलको, साँंझ ६ बजेर ३९ मिनट जाँंदा दोलखा केन्द्र बिन्दु भएको ४ दशमलव १ रेक्टरस्केलको पराकम्पन गएका थिए । त्यसैगरी पाँंच बजेर ४८ मिनट जाँंदा दोलखा केन्द्र बिन्दु भएको ४ दशमलव १ रेक्टरस्केलको पराकम्पन गएको थियो । यसअघि दिउँंसो दुई बजेर ११ मिनट जाँंदा ४ दशमलव ३ रेक्टरस्केलका पराकम्पन गएको छ । हिजो राती सबा दश बजेदेखि ४ रेक्टरस्केलमाथिको पराकम्पन गएको थिएन । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार दोलखा केन्द्र बिन्दु भएको पराकम्पन गएको हो । पराकम्पन जानेक्रममा कमी आएको छ । विज्ञहरुले त्रासमा बस्न नहुने र ठूलो पराकम्पनको सम्भावना नरहेको बताउँंदै आएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै