नेभिगेशन
अन्य

गुणस्तरहीन खाद्यन्न बितरण गर्नेलाई कारवाही गर्न आयोगको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भूकम्पपीडितलाई विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) मार्फत उपलब्ध गराइएको चामल गुणस्तरहीन भएको जनाउँदै त्यस्तो चामल वितरण गर्ने निकायलाई कारबाहीको दायरमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । काभ्रेपलाञ्चोकका भूकम्पपीडितलाई डब्ल्युएफपीद्वारा उपलब्ध गराइएको चामल सरकारले निर्धारण गरेअनुरुपको गुणस्तरको नभएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको स्पष्ट गर्दै आयोगले त्यस्तो चामल वितरणमा रोक लगाउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले एक विज्ञप्ति जारी गरी मानिसको स्वास्थ्य तथा जीवनसँग खेलवाड गर्ने संस्थालाई कानूनी दायरामा ल्याएर कारबाही गर्नुपर्नेमा जोड दिएको छ । आयोगका सदस्यद्वय मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालको नेतृत्वमा गएको अनुगमन टोलीले महादेवस्थानको समाजसेवा भवनमा भण्डारण गरिएको चामलको प्रयोगशालामा ल्याएर परीक्षण गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै