नेभिगेशन
अन्य

भुकम्पले भत्किएका चितवनका बिद्यालयमा त्रिपालमै पढाइ सुरु

रत्ननगर । भूकम्पले भत्किएका विद्यालयमा त्रिपालमै पढाइ सुरु भएको छ । गत वैशाख १२ गते आएको विनाशकारी भूकम्प र २९ गते आएको ठूलो पराकम्पनपछि पुनः बन्द गरिएका चितवनका विद्यालयमा त्रिपालमै विद्यार्थीलाई पढाइ सञ्चालन गरिएको चितवनका जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाका २६ विद्यालयमा त्रिपालमा पढाइ सुरु भइरहेको छ । जिल्लाका २९ विद्यालय भत्किएकाले भवन निर्माण नभएसम्म त्रिपालमै पढाइ हुने उनले बताए । तीन विद्यालय राप्रावि वासवाङ, कालिका राप्रावि चात्राङ लोथर र राप्रावि डिहिटारलाई अझै त्रिपाल पुगेको छैन । ती विद्यालयमा पनि छिट्टै त्रिपाल पठाइने कार्यालयले जनाएको छ । त्रिपालमा पढाइ हुने राष्ट्रिय प्राथमिक विद्यालयमा कविलासको भार्लाङ र देविभञ्याङ, डुंडे दारेचोक, डुङवाङ र गुन्दी लोथर, दारेचोकको धुसा, सिदी गाविसका तीनवटा प्रावि र एक मावि तथा शक्तिखोरका विभिन्न विद्यालय रहेका छन् । उच्च मावि, निमावि र मावि गरेर ६ वटामा त्रिपाल वितरण भएको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ । ती विद्यालयलाई गैरसरकारी संस्था, लायन्स क्लब, परिवर्तन नेपाल र जिल्ला शिक्षा कार्यालयले त्रिपाल उपलब्ध गराएको हो । चितवनको सिद्धिको राष्ट्रिय मावि मझवाङका प्रधानाध्यापक देवकुमार बस्नेतले विद्यार्थीमा भूकम्पको मनोवैज्ञानिक त्रास कायमै रहेकाले परामर्शसमेत दिने गरिएको बताए । सो विद्यालयमा ९० प्रतिशतभन्दा बढी चेपाङ बालबालिका पढ्छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै