नेभिगेशन
अन्य

पहिरो नरोकिएको कालीगण्डकी अब खतरामुक्त

बेनी । बैसरीको पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी नदी अब खतरामुक्त अवस्थामा रहेको छ । पहिरो खस्ने क्रम जारी रहेको भए पनि अब कुनै जोखिम नरहेको स्थानीय प्रशासनले जनाएको छ । नेपाली सेनाका कर्णेल राजेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले पहिरोको अवलोकन गरेर केही दिनसम्म पहिरो खस्ने क्रम नरोकिए पनि यसले खासै असर नगर्ने बताए । नदी थुनिएर बनेको तालमा पानीका सतह कम हुँदै गएको छ । अब नदी थुनिन सक्ने सम्भावना पनि नरहेको जनाइएको छ । पहिरो र डुबानमा परेका बैसरीका २६ घरको भग्नावशेषसमेत फेला पर्न नसकेको म्याग्दी बस तथा जिप व्यवसायी सङ्घका उपाध्यक्ष मोहन केसीले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...