नेभिगेशन
अन्य

थुनिएको कालिगण्डकीबाट पानी ओभरफ्लो भएर बग्ल थाल्यो

काठमाडौं । बेनी–मुस्ताङ सडकखण्डको भगवती गाविसअन्तर्गत बैसरीमा राति २ बजे आएको ठूलो पहिरोले थनिएको कालीगण्डकी नदीमा पानी ओभरफ्लो भएर बग्न थालेको छ । नेपाली कांग्रेस म्याग्दीमा सभापति एंव सभासद् रेशमबहादुर बानियाँका अनुसार पहिरोले थुनिएको तालबाट पानी ओभरफ्लो भएर बग्न थालेको हो । पहिरोले बनेको ड्याम लगभग दुईसय मिटर अग्लो छ । म्याग्दीको भगवती र राम्चे गाविसको सिमामा पर्ने बैसरीमा कालीगण्डकी नदी पूरै थुनिएको हो । पहिरो गएर थुनिएको कालीगण्डकीमा बनेको तालको आकार बढ्दै गएपछि सरकारले तल्लो तटका सबैभन्दा जोखिमपूर्ण वस्तीहरुको पहिचान गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलियाका अनुसार ती गाउँका वासिन्दालाई सतर्क गराउँदै सुरक्षीत स्थानमा सर्न भनिएको छ । प्राविधिकहरुले तालको अध्ययन गरेर उपाय नसुझाएसम्म प्रशासनले म्याग्दीदेखि स्याङ्जाको मिर्मीसम्मको पन्ध्र गाउँलाई सबैभन्दा संवेदनशिल भनिएको छ । म्याग्दी, बाग्लुङ, पर्वत र स्याङ्जाका पन्ध्र गाउँलाई अत्याधिक संवेदनसिल भनिएको छ । गलेश्वर, बेनी, पर्वत बेनी, लुम्दी, फर्से, लस्दी, खनियाघाट, निरय, मालढुंगा, सहस्रधारा, नयाँ पुल, मोदी बेनी, पूर्तीघाट, सेती बेनी र मिर्मीका बासिन्दालाई धेरै सतर्क रहन भनिएको छ । काठमाडौंबाट विशेषज्ञ टोली लिएर म्याग्दी गएको हेलिकोप्टर घटनास्थलभन्दा १ किलोमिटर माथि बनाइएको हेलिप्याडमा अवतरण भएको छ । म्याग्दी जिल्ला प्रहरी कार्यालयका अनुसार हेलिकोप्टर अवतरण गरेपनि घटनास्थलसम्म जान सकिएको छैन । चट्टान झर्ने क्रम अझै पनि नरोकिएकाले नेपाली सेनाको हेलिकोप्टरले हवाई अवलोकन गरेपनि घटनास्थल पुग्न सकेको छैन । यसैबीच गृहमन्त्री बामदेव गौतम कालिगण्डकी थुनिएको क्षेत्रको निरिक्षण गरेर फर्केका छन् । विस्फोट गराएर पहिरो खुलाउन गृहमन्त्री वामदेव गौतमले दिएको निर्देशन पालना गर्न नसकिने नेपाली सेनाले जनाएको छ । शनिबार राति गएको पहिरोपछि कालिगण्डकी थुनिँदा बनेको ताल तथा त्यसक्षेत्रको हवाई अनुगमनपछि आइतबार गृहमन्त्री गौतमले विस्फोट गराएर पहिरो क्लियर गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका थिए । गौतमले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो हटाउँदाको उदाहरण दिँदै त्यसरी नै हटाउनुपर्ने बताएका थिए । तर गृहमन्त्रीलाई पहिरो गएको क्षेत्रको ब्रिफिङ गर्ने क्रममा नेपाली सेनाका अधिकारीले त्यसको सम्भावना नरहेको बताए । अहिले त्यस क्षेत्रमा ठूलो पानी पर्न थालेपछि झन् समस्या थपिएको छ । स्थलगत अनुगमनको सम्भावना नभएपछि गृहमन्त्री गौतमले हेलिकप्टरबाट नै पहिरो गएको क्षेत्र अनुगमन गरेका थिए । नेपाली सेनाले पहिरो रोकिएको ८÷१० घण्टापछिमात्र पहिरो हटाउने काम सुरु गर्न सकिने बताएको छ । पहिरोका कारण म्याग्दी जोमसोम सडक डुबानमा परेको छ । बैसेरीका १७ र राम्चेका १२ घरपरिवार विस्थापित भएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै