नेभिगेशन
अन्य

भविष्यप्रति ठूलो भरोसा छ : प्रधानमन्त्री कोइराला

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई भविष्यप्रति ठूलो भरोसा भएको बताएका छन् । आज बिहान निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउन आएका ३३ दलीय मोर्चाका प्रतिनिधिसँग प्रधानमन्त्री कोइरालाले समस्त नेपाली एक भए कसैको डर नहुने तर विभाजित भए खतरा हुने बताए । उनले आफुलाई भविष्यप्रति ठूलो भरोसा रहेको समेत बताए । उनले प्राकृतिक विपद्ले जनधनको ठूलो नोक्सान भए पनि सबै नेपाली एकताबद्ध भएमा यसलाई विकासको नयाँ युगको सुरुवातमा बदल्न सकिने सम्भावना पनि औँल्याए । उनले भने–‘मुलुकमा शान्ति र स्थायित्वमात्र दिन सकियो भने नेपालमा लगानी गर्न भारत र चीनलगायतका धेरै मित्रराष्ट्रहरु तयार छन् । विकासको अवसर गुमेका छैनन् ।’ प्रधानमन्त्रीले हालैको भूकम्पले गरेको विनाश ठूलो चुनौती भएको उल्लेख गर्दै यसको सामना गर्न सवै एकैठाँउ हुनुपर्ने बताए । उनले राष्ट्रियता लोकतन्त्र र विकासका निम्ति एक भए कसैले परास्त गर्न नसक्ने बताए । सबै एकताबद्ध भएर गए मुलुकका समस्या समाधान हुने र सबै सफल हुने प्रधानमन्त्री कोइरालाको भनाई थियो । प्रधानमन्त्री कोइरालाले मुलुक विपत्तिमा परेका बेलामा सबै नेपालीको भावनालाई समेटेर राष्ट्रिय सरकारको गठन गर्न आफू तयार रहेको पनि बताए । स्थानीय समस्या समाधान गर्न र स्थानीय आवश्यकतानुसार विकासका काम सञ्चालन गर्न स्थानीय निकायको निर्वाचन अपरिहार्य देखिएको बताउँदै प्रधानमन्त्री कोइरालाले स्थानीय निकायमा जनप्रतिनीधि भएको भए यस्तो विपत्तिको समयमा खोजी, उद्धार र राहत कार्यक्रम अझ प्रभावकारी हुने आफुलाई महसुश भएको स्पष्ट पारे । संविधानसभाको निर्वाचनमा सहभागी नभएका र संविधानसभामा प्रतिनिधित्व नभएका ३३ दलका तर्फबाट विभिन्न २१ बुँदे ज्ञापनपत्र प्रस्तुत गरिएको थियो । सो ज्ञापनपत्रमा राष्ट्रिय सरकारको गठनसहित स्थानीय निकायको निर्वाचन, प्रभावकारी राहत वितरण, उपयुक्त पुनःस्थापना र पुनःनिर्माण नीति र कार्यक्रम, भूकम्पबाट क्षति भएका सार्वजनिक विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक भवन, सडक र व्यक्तिगत भवनको निर्माण कार्यलाई सुव्यवस्थित ढङ्गले छिटो गर्नुपर्नेजस्ता विषयहरु समेटिएका छन् । प्रधानमन्त्री कोइरालाले मनसुनअगावै भूकम्पपीडितका लागि अस्थायी आवास बनाउने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको र स्वयम्सेवी परिचालनलाई तीव्र पारिएको बताए । उनले विपद्को समयमा सबैलाई एकजुट भएर पीडितहरुको सेवामा लाग्न पनि सवैलाई आग्रह गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै