नेभिगेशन
अन्य

भुकम्पपछि खुलेको शेयर बजारमा चर्को गिरावट

काठमाडौं । विनासकारी भुकम्पपछि पहिलो दिन खुलेको शेयर बजारका चर्को गिरावट आएको छ । नेपाल धितोपत्र विनिमय बजारका अनुसार बजार खेलेको एक घण्टामै २० अंक बजार झरेको छ । अधिकांश कम्पनीको कारोवार नै भएको छैन भने भएका कम्पनी प्राय सबैको मूल्य झरेको छ । मितेरी विकास बैंक,एभरेष्ट बैंक, नेपाल इन्भेष्ट बैंकको संस्थापक तर्फको शेयर,नेपाल लाईफ इन्सेरेन्स कम्पनी,नेपाल टेलिकम,चिलिमे हाइड्र पावर कम्पनी,नेपाल बंगलादेश देश लगायतको मूल्य आठ प्रतिशत भन्दा बढीले घटेको छ । शेयर ब्रोकर नं २६ का संञ्चालक राजकुमार खत्रीले बजारमा खरिदकर्ता निकै कमी रहेको बताए । उनले भने, ‘विनासकारी भुकम्पको असर बजारमा देखिएको छ, अहिले अत्तिलिएर होइन होसियार भएर कारोवार गर्नु राम्रो हुन्छ ।’ उनले बजारमा लगानी गर्दा पनि बिक्री गर्दा पनि होसियार हुनुपर्ने समय भएको बताए । मुलुकमा शेयर बजार खुलेदेखि यस प्रकारको विपत्ति पहिले कहिल्यै नआएकाले अहिलेको कारोवारलाई असामान्य अवस्था र मनोविज्ञानमा भएको कारोवारको रुपमा लिनुपर्ने उनको भनाई । तर उनले बजारमा धेरै ठूलो गिरावटको सम्भावना आफूले नदेखेको पनि बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...