नेभिगेशन
अन्य

दोलखालाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं । वैशाख १२ र २९ मा गएका शक्तिशाली भूकम्पपछि परकम्पन हुने क्रम निरन्तर जारी छ। धेरैजसो परकम्पन सिन्धुपाल्चोक, दोलखा र गोरखा केन्द्रबिन्दु भएका गएका छन्। यस्तै आइतबार पनि अहिलेसम्म २ वटा परकम्पन महशुस गरिएको छ। आज आएका दुबै भूकम्पको धक्काको केन्द्रबिन्दु दोलखा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। बिहान ७ बजेर ६ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएको थियो भने १० बजेर ३८ मिनेटमा ४.४ रेक्टरस्केलको धक्का महशुस भएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवासहितका जिल्लामा महसुस भएको थियो। ६ म्याग्निच्यूटसम्मका भूकम्पले क्षति नगर्ने भएकाले नआत्तिन राष्ट्रिय भूकम्प मापन केन्द्रले सर्वसाधरणलाई आग्रह गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...