नेभिगेशन
अन्य

कालीगण्डकी खुलाउन नेपाली सेनाको टोली घटनास्थल जाँदै

काठमाडौं । सरकारले पहिरोले थुनिएको कालीगण्डकी खुलाउन काठमाडौंबाट नेपाली सेनाको विशेष टोली पठाउनभएको छ । भगवति–२ वैंसरी र राम्चे गाविसको सीमाना पहिरो जाँदा थुनिएको कालीगण्डकी नदीको बाँध खुलाउन नेपाली सेनाको विशेष हेलिकोप्टर म्याग्दी जान लागेको हो । बेनी नगरपालिकामा रहेको इन्द्रबक्स गणको समन्वयमा केन्द्रबाट इञ्जियिनर र भुगर्वविदसहितको टोली घटनास्थल पठाउने तयारी भएको गृहमन्त्रालयले जनाएको छ । उनका अनुसार, केहीसमय भित्र त्यसतर्फ जाँदैछ । ‘इञ्जिनियर भुगर्वविद सहतिको टोली जाँदै छ, उनीहरुले अध्ययन गरेपछि तलाउ कसरी खुलाउने भन्ने निर्णय लिनेछन्, उनले भने । गतवर्ष सिन्धुपाल्चोकको जुरेमा पहिरोका कारण बनेको ताल खुलाउने नेपाली सेनाको टोलीलाई म्याग्दी पठाउने लागिएको बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...