नेभिगेशन
अन्य

महाधिवेशनका बारेमा नेपाली कांग्रेसमा अन्यौल

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन महाविपत्तीका कारण तोकिएको समयमा हुने कि नहुने भन्नेमा अन्यौल सृजना भएको छ । महाविपतीका कारण तोकिएको भदौमा महाधिवेशन हुन नसक्ने भन्दै महाधिवेशनको मिति परिवर्तन गर्ने सम्बन्धमा छलफल आरभ्म भएपछि टुंगोमा पुग्न नसक्दा जिल्ला जिल्लामा नेता कार्यकर्ता अन्यौलमा परेका छन् । नेपाली कांग्रेसको बिधान अनुसार हरेक चार वर्षमा महाधिवेशन गर्नै पर्ने हुन्छ । तर बिधानमा नै व्यावस्था भएअनुसार बिषम परिस्थितीमा एकवर्ष म्याथ थप गर्न सक्ने व्यावस्था रहेको छ । नेपाली कांग्रेस एकबर्ष थप गर्ने सुविधान समेत उपयोग गरिसकेको छ । बिधान अनुसार भदौ भरिमा महाधिवेशन गरिसक्नुपर्ने बाध्यतामा रहेको छ । तर महाविपतीका कारण संकटग्रस्त जिल्ला घोषणा भएका जिल्लामा जिल्ला अधिवेशनका बारेमा कुनै चहलपहल समेत भएको छैन् । अझ धेरै जिल्लामा बर्षातको मौसमसंग भुकम्पपछिको बाढि पहिरोमो जोखिममा पर्ने भएकाले पनि समयमा महाधिवेशन गर्न नसकिने तर्क कांग्रेस भित्र उठ्न थालेको छ । भुकम्प अति प्रभावित जिल्लाका जिल्ला सभापतिहरुले समेत केन्द्रीय नेताहरु महाधिवेशनको मिति पछि सार्नका लागि बैधानिक बाटो मिलाउन सुझाव दिइसकेका छन् । अहिले सम्म महाधिवेशनमा बारेमा कुनै छलफल नभएको प्रवक्ता दिलेन्द्र बडुले बताए । उनले भने– ‘नेपाली कांग्रेसको १३ औं महाधिवेश तोकिएको समयमा नै हुन्छ, महाधिवेशनको मितिका बारेमा अर्को कुनै निर्णय भएको छैन् ।’ केहि समय अघि प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टी नेताहरुको अनौपचारिक छलफल सभापति सुशील कोइरालाले महाधिवेशनको मिति पर सार्ने बारेमा कानुनी परामर्श गर्नका लागि नेताहरुलाई भनेका थिए । केहि नेताहरु विपतीका बेलामा निर्वाचन आयोगलाई आग्रह गरेर मात्र महाधिवेशनको मिति पछि सार्न मिल्ने तर्क अगाडि सारेका थिए भने केहिले सर्बदलीय बैठक बोलाएर दल दर्ता सम्बन्धी कानुनलाई संशोधन गर्नु पर्ने धारणा नेताहरुले राखेका थिए । ‘महाधिबेशनको तिथि पर सार्दा ५ वर्षमा महाधिबेशन गर्नु पर्ने कानुनी प्रावधानलाई नै संशोधन गर्नु पर्ने हुन्छ । यसको लागि राजनीतिक निर्णय गर्नु पर्छ ।’ कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले भने । बैठकमा उपस्थित पदाधिकारीहरुले भुकम्प ग्रस्त क्षेत्रमा राहत र पुननिर्माणको काम प्रभावकारी बनाउनका लागि पनि कांग्रेस नेता कार्यकर्ता सक्रिय हुनुपर्ने भएकाले पनि कम्तिमा महाधिवेशनको मिति ६ महिना पर सार्न अधिकांश नेता कार्यकर्ताले नेताहरुलाई सुझाव दिएका छन् । भुकम्पबाट पिडित जिल्लाहरुमा पार्टीको महाधिवेशनको कुनै तयारी नै नभएकाले पनि महाधिवेशन पर सार्न नेताहरुलाई ती जिल्लाका सभापतिले आग्रह गरेका छन् । ओखलढुंगा कांग्रेस सभापति प्रदीप सुनुवारले भने– ‘जिल्लाका जनतालाई राहत र अस्थायी पुर्नबास कसरी गराउने भन्नेमा हामीले ध्यान केन्द्रीत गरेका छौ, १३ आंै महाधिवेशनलाई महाविपत्ती आएको समयमा केहि पर सार्र्नुको विकल्प छैन ।’ उनले राजनीतिक दल भनेको जनताको साथी भएकाले जनताले घरबास गुमाएका बेलामा महाधिवेशन जस्तो उत्सवलाई केहि पर सार्दा उत्तम सुझाव दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै