नेभिगेशन
अन्य

विमानस्थलभित्रै खुकुरी प्रहार, एक घाइते

काठमाडौं । त्रिभुवन विमानस्थलको गेटमा सुरक्षा जाँच गर्ने व्यवस्था भएता पनि कमजोर सुरक्षाको फाइदा उठाउँदै विमानस्थलको आगमनकक्ष नजिकै एक युवकमाथि खुकुरी प्रहार भएको छ । सुरक्षाका लागि प्रहरी डीआइजीको पोष्टिङ रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय आगमनद्वार अगाडि शुक्रबार साँझ यस्तो घटना भएको हो । विदेशबाट आएका आफन्त लिन विमानस्थल पुगेका काठमाण्डौं गौरीधारा निवासी ३३ वर्षीय मधुसुधन पौडेल खुकुरीको चोटले घाइते भएका छन् । उनलाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । खुकुरी प्रहारबाट पौडेलको दाहिने हातको तीन ठाउँमा गहिरो चोट लागेको छ । खुकुरी प्रहार गर्नेमा विमानस्थलमा पर्यटकहरुलाई सेवा दिने हरियो नम्बर प्लेटको ट्याक्सी बा १ य १०५७ का चालक राजकुमार गुरुङ्ग रहेको पीडितले बताएका छन् । गुरुङ्ग विमानस्थलमा यातायात सेवाका लागि आधिकारिक सस्था हवाइ यातायात सेवा यात्रु लिमिटेडका शेयर सदस्यसमेत रहेको बताइएको छ । आफन्त लिनका लागि पौडेल निजी नम्बर प्लेटको सवारी साधनमा विमानस्थल पुगेका थिए । हरियो नम्बर प्लेटको कमाइमा घाटा लगाउन खोजेको भन्दै हरियो प्लेटका गाडी चलाउने व्यवसायीले उनीमाथि आक्रमण गरेको यातायात स्वतन्त्र यातायात मजदुर संगठनका महासचिव भीमज्वाला राईले बताए । पीडितका अनुसार आगमनद्वार अघि हवाइ यातायात सेवा यात्रु लिमिटेडद्वारा सञ्चालित काउण्टरमा आफन्त पर्खिएर बसेका पौडेललाई यो क्षेत्रमा आएर यात्रु बोलाउन पाइँदैन भन्दै गुरुङले सुरुमा हप्कीदप्की गरेका थिए । विवाद भएको केही समयपछि केही अन्य व्यक्तिसहित खुकुरीसमेत लिएर आई एकाएक आक्रमण गरेको पीडित पौडेलले बताए । खुकुरी प्रहार गरेको आरोपमा गुरुङलाई पक्राउ गरिएको गौशाला प्रहरी स्रोतले बतायो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै