नेभिगेशन
अन्य

आधुनिक हतियारसहित दुई भारतीय पक्राउ

पर्सा । वीरगन्जको नयाँ बसपार्कस्थित लुम्बिनी होटलबाट प्रहरीले गएराति एक थान पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भारत विहारको सिवान जिल्ला रामनगर बस्ने २७ वर्षीय प्रवीण सिंह र २८ वर्षीय मुकुल सिंहलाई एक थान आधुनिक पेस्तोल र त्यसमा प्रयोग हुने एक थान गोलीसहित नियन्त्रणमा लिएको हो । मादक पदार्थ सेवन गरी होटलका कर्मचारीलाई हतियार देखाई डर त्रास देखाएको सूचनाका आधारमा खटिएको प्रहरीले प्रवीण सिंहबाट ‘मेडइन युएसए’ लेखिएको पेस्तोल बरामद गरेको हो । जिप्रका पर्साका प्रहरी उपरीक्षक दिवेश लेहनीका अनुसार हतियारसहित पक्राउ गरिएका भारतीय नागरिकद्वय आपराधिक घटना र भारतीय आपराधिक समूहसँग संलग्न भए÷नभएको बारेमा अनुसन्धान भइरहेको छ । अहिले उनीहरुलाई जिप्रका पर्सामा राखिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...