नेभिगेशन
अन्य

मध्यराति हुम्ला केन्द्रबिन्दु भएको ४.८ रेक्टरस्केलको भूकम्प

काठमाडौं । शुक्रबार मध्यरातमा हुम्ला केन्द्र बिन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको भुकम्प गएको छ । भुकम्पका कारण सदरमुकाम लगायतका ठाउँंमा केही घरहरु भत्किएका छन् । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार राती १२ बजेर ५२ मिनट जाँंदा भुकम्प गएको थियो । भुकम्पको धक्काका कारण सदरमुकामका बासिन्दाहरु राती सडकमा निस्किएका थिए । केन्द्रका भुकम्पविद मुकुन्द भट्टराईले त्यो भुकम्प र बैशाख १२ गते गएको विनासकारी भुकम्पका वीच सम्बन्छ छैन । यो पराकम्पन नभएर भुकम्प भए पनि त्यो क्षेत्र भुकम्प गइरहने क्षेत्रमा पर्छ । हुम्लाको सदरमुकाम सिमीकोट भन्दा केही उत्तरको लिमी गाविसलाई केन्द्र बिन्दु बनाएर भुकम्प गएको हो । हुम्लाको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुरले जिल्लामा केही घरहरु चर्केको खवर आएको बताए । उनले भने, ‘क्षतिको अवस्थावारे निरीक्षण गर्न हामी जाँंदैछौ,अहिले केही घर चर्केको भन्ने खवर आएको छ ।’ प्रमुख जिल्ला अधिकारीका अनुसार भुकम्पको चर्कै धक्का महसुस भए पनि एकै छिनमा हराएको पनि जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै