नेभिगेशन
अन्य

पेट काटेर दिएको रकममा अनियमितता हुन दिन्न :प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपालका भूकम्पपीडितलाई स्वदेश तथा विदेशका नागरिक, सङ्घसंस्था र सरकारले दिएको सहयोग रकम र राहत सामग्री वितरणमा अनियमितता हुन नदिइने बताएका छन् । प्रधानमन्त्री कोइरालाले प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडितका निम्ति विभिन्न संस्थाले दिएको राहत रकम ग्रहण गर्दै भने–‘उनीहरुले पेट काटेर पठाएका छन्, यहाँ बसेर मजाक गर्न खोज्ने ?’ उनले यस्तो घृणित कार्य हुन नदिने पनि बताए । उनले भने–‘ राहत रकम र राहत सामग्री वितरणमा पक्षपात गर्ने र अनियमितता गर्ने कार्य हुन दिइने छैन ।’ प्रधानमन्त्री कोइरालाले सङ्कलित राहत रकम र प्राप्त राहत सामग्री भूकम्पपीडितसमक्ष पुगे नपुगेको सरकारले पनि गम्भीरतापूर्वक हेरेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै