नेभिगेशन
अन्य

विपत व्यवस्थापनाका दलिय संयन्त्र बनाउन मन्त्रीपरिषद बैठक

काठमाडौं । व्यवस्थापिका संसद्को राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिको निर्देशन बमोजिम भूकम्प पीडितलाई राहात, उद्धार र पुननिर्माणका विषयमा योजना बनाउन दलहरुको साझा संयन्त्र बन्ने भएको छ । केन्ददेखि जिल्लासम्म सबै दलका नेताहरुको संयन्त्र बनाउन छलफल हुँदैछ । व्यवस्थापिका संसद्को राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्न निर्देशन दिएको थियो । भुकम्प प्रभावितलाई राहत, पुनःस्थापना र पुनःनिर्माणका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले प्रतिबद्धता गरेअनुसार केन्द्र र जिल्लास्तरमा संयन्त्र गठन गरी जानकारी गराउने लगायत पाँचबुँदे निर्देशन दिएको छ । आज मन्त्रिपरिषदले समितिले दिएको निर्देशनका विषयमा छलफल गर्दैछ । छलफल गर्न बिहान १० बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ । विपद् व्यबस्थापानका विषयमा विभिन्न मन्त्रालयमा भइरहेका कामलाई एउटै बाटोबाट बाहिर सार्वजनिक गर्ने विषयमा पनि आजको मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ । सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले बैठक विद् ब्यवस्थापनमा नै केन्द्रित हुने बताए । सरकारले संकटग्रस्थ भनेर घोषणा गरेका १४ जिल्लाबाहेक अन्य प्रभावित जिल्लाका विषयमा पनि छलफल हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै