नेभिगेशन
अन्य

चीनका बिदेश सहायकमन्त्री आज नेपाल आउदै

काठमाडौं । भूकम्पपछिको नेपालको अवस्था तथा पुनर्निर्माण एवम् राहतको अवस्थाबारे बुझ्न चीनका बिदेश सहायक मन्त्री लिउ जेनचाओ आज नेपाल आउँदैछन् । ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी दुईदिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् । प्रतिनिधिमण्डलमा परराष्ट, वाणिज्य, राज्य प्रशासन तथा सांस्कृतिक सम्पदा, चीन भूकम्प प्रशासन तथा राष्ट्रिय जनसङ्ख्या एवम् परिवार नियोजन आयोगका अधिकारी रहने नेपालस्थित चिनिया दूतावासले जनाएको छ । सहायक मन्त्री लिउले प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियाँ दुतावासका अनुसार वैशाख २९ गतेको भूकम्पपछि पनि चीनले घोषणा गरेको १४ करोड युआन बराबरको राहत सामग्री काठमाडौं ल्याउनेक्रम सुरु भएको छ । बुधबार विशेष विमानबाट ती सामग्री राजधानी ल्याइएको छ । त्यसैगरी चिनियाँ जनमुक्ति सेनाले प्रभावकारी एवम् सहज रुपमा उपचार सेवा उपलब्ध गराउन नेपाली सेनालाई २४ वटा घुम्ती अस्पताल उपकरणसहित प्रदान गरेको छ । ती उपकरण सञ्चालनमा नेपाली सेनालाई पोख्त बनाउन १७ सदस्यीय चिनियाँ टोलीले पाँचदिनसम्म प्रशिक्षण दिनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...